रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङमा आपसी विवादमा एक जनाको मृत्यु भएको छ।
शनिबार राति स्थानीय ४६ वर्षीय सार्की गुरुङ र ४१ वर्षीय मिङमर सिंगी तामाङबीच विवाद हुँदा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुईबीचको विवादको क्रममा तामाङले गुरुङलाई धकेल्दा उनी लडेका थिए। टाउकोमा गम्भीर चोट लागेका गुरुङको उपचारका क्रममा राति नै जिल्ला अस्पताल धुन्चेमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न तामाङलाई राति नै प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया