ad ad

समाज


बादल, प्रतीक र प्रेम राईलाई पोलेका दुलालको बयान : अमेरिका पठाउने भनेर ठगे, मैले रकम उठाएको छैन

बादल, प्रतीक र प्रेम राईलाई पोलेका दुलालको बयान : अमेरिका पठाउने भनेर ठगे, मैले रकम उठाएको छैन

नेपालखबर
जेठ ९, २०८० मंगलबार १९:२, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकजना योजनाकार केशव दुलालले भीआईपीहरुबाट आफू उल्टै ठगिएको बयान दिएका छन्। 

आफूले अमेरिका पठाउने नाममा कसैलाई आश्वासन नदिएको र रकमसमेत नलिएको दाबी गरेका उनले आफूलाई उल्टै उच्च पदस्थहरुले ठगेको दाबी गरेका छन्। 

जाहेरवालाहरू गजेन्द्र बुढाथोकी, राम कुमार रेग्मी र प्रेमराज पन्थीलाई आफूले ठगी नगरेको र उनीहरुलाई नचिनेको पनि बयानमा सानुले उल्लेख गरेका छन्। 

अमेरिका पठाउने नाममा तीनजना जाहेरवालसहित २३ जनाको बायोमेट्रिक पनि आफूले नगराएको उनले बयानमा भनेका छन्। 

‘जाहेरवाला समेत २२/२३ जनाको बायोमेट्रिक गराएको भन्ने कुरा कपोकल्पित र झुठ्ठा हो। मैले कसैको बायोमेट्रिकक गराएको छैन। भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भनी प्रेमराज पन्थी समेतसँग मैले ३ करोड ६६ लाख नगदै लिई ठगी गरेको छैन’, उनले भनेका छन्, ‘प्रेमराज पन्थीले मलाई यस मुद्दामा मेरो चरित्रहत्या र फसाउने सड्यन्त्र गरी जाहेरी दिएका हुन्। यसमा कुनै सत्यता छैन।’ 

उनले यो प्रकरणमा नेकपा एमालेसम्बद्ध नेताहरुको नाम पोलेका छन्। यो प्रकरणमा जोडिएका कांग्रेसतर्फकानेताहरुको नाम उच्चरण नगरेका दुलालले एमाले उपाध्यक्ष रामबहादुर थापा बादलदेखि अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाईसमेत मुछेका छन्। 

‘म र मेरो आफन्तलाई रामबहादुर थापा बादल, प्रेम कुमार राई, इन्द्रजित राई, राजेश बज्रचार्य, प्रतीक थापा, सन्देश शर्मा, डा. अजय क्रान्ति शाक्य, राजेश्वर स्थापितसमेतले भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिन्छु भनी रकम लिई म आफैँ ठगीएको पीडित व्यक्ति हुँ’, उनले बयानमा भनेका छन्, ‘मैले कोही कसैलाई भुटानी शरणार्थी बनाई तेश्रो मुलुक पठाइदिन्छु भनी कोही कसैसँग रकम लिएको छैन। म अनुसन्धानको क्रममा हिरासतमा रहेको अवस्थामा मैले आङटावा शेर्पालाई भेटेको छैन।’

तर उनैले यो प्रकरणमा। टंकगुरुङको रेस्टुरेन्टमा एमाले सचिव टोपबहादुर रायमाझी, उनका पिए लिला जिसी, भेषराज शर्मा लम्साल, सन्देश शर्मा र गृह मन्त्रालयका कर्मचारी हुँ भन्ने कसैलाई नभेटेको पनि तर्क गरेका छन्। 

‘कोही कसैसँग मेरो भेटघाट, मिटिङ भएको छैन। टोपबहादुर रायमाझी र इन्द्रजित राईसँग लाजिम्पाटको सांग्रिला होटलमा भेटघाट कुराकानी भएको छैन,’ उनले बयानमा भनेका छन्, ‘प्रेमराज पन्थीलाई २०७७ साल असोज महिनाको ८/१० गते बोलाएको भन्ने कुरा झुठा हो र बोलाउने कुरा नै भएन।’ 

उनले नाम पोलेका बादल पुत्र प्रतीक तथा जाहेरवाला प्रेमराज पन्थीसँग जोरपाटीमा कुनै भेट घाट तथा सम्पर्क नभएको पनि भनेका छन्। 

दुलालले नक्कली भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिने कुरा र काम अगाडि बढ्छ भन्ने केही कुरा नभएको पनि दाबी गरेका छन्।  

‘प्रेमराज पन्थीको एक करोड र रामशरण केसीको एक करोड पचास लाख जेब्रा झोलामा राखी मलाई दिएको भन्ने कुरा झुठ्ठा हो,’ उनले बयानमा भनेका छन्,‘म निलगिरी रेस्टुरेन्टमा जाहेरवालाले उल्लेख गरेको मितिमा गएकै छैन।’ 

सम्बन्धित समाचार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .