ad ad

राजनीति


इन्द्रजितको बयान : बिचौलियासँग गृहमै भेट भएको हो, साढे तीन करोडबारे बैंकमै बुझ्नुस्

इन्द्रजितको बयान : बिचौलियासँग गृहमै भेट भएको हो, साढे तीन करोडबारे बैंकमै बुझ्नुस्

नेपालखबर
जेठ ९, २०८० मंगलबार १८:५, काठमाडौँ

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले बिचौलियासँग गृह मन्त्रालयमै भेट भएको स्वीकार गरेका छन्। तर उनले शरणार्थी ठगीको विषयमा भने रामबहादुर थापा बादल लगायको संलग्नता नरहेको बयान दिएका छन्। उनले रकम लिएको विषयमा बैंकमै बुझ्न बयानमा भनेका छन्।

उनीसहितका प्रतिवादीविरुद्ध अदालतमा अभियोग दर्ता गर्ने अन्तिम तयारी छ। प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार वा बिहीबार जिल्ला अदालतमा अभियोग दायर गर्नेछ। यो प्रकरणको सुरुमै जोडिएका इन्द्रजित राईले यसअघि सरकारी वकिल कार्यालय र प्रहरी समक्ष यस्तो बयान दिएका छन्।

ईन्द्रजित राईले गरेको बयानः  
प्रतिवादी सानु भण्डारी कार्यालयमा १/२ पटक आउनु भएको थियो। उहाँसँग १ पटक एउटा व्यक्ति केशव दुलाल पनि आउनु भएको थियो।

निजहरुको विषय भुटानी शरणार्थी सम्बन्धमा मसँग एक दुई पटक टेलिफोनद्वारा मलाई सोध्नु हुन्थ्यो। मैले उहाँहरुलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ। सानु भण्डारीबाहेक अरु कसैलाई म चिन्दिन।

म गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरुसँग विभिन्न विषयहरुमा कुराकानी हुन्थ्यो। त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोज्नु भएको थियो।

मैले केही थाहा नभएको र यस विषयमा मैले केही सूचना दिएको छैन। तत्पश्चात निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुन सक्छ। कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन।

केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन। म तत्कालिन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिनापछि लगभग २०७६ असार देखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेलसम्म कार्यरत रहेको हुँ।

सो अवस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रुपमा कार्यरत रहेको हुँदा सोही अनुसारको सेवा सुविधा समेत राज्यबाट पाएको थिएँ। मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न भिन्न चालक, पिए र कार्यालय सहयोगी एवम पीएसओहरु कार्यरत रहे। निजहरुको सबैको नाम मलाई याद भएन।

धेरै समय काम गरेका व्यक्तिहरु मध्ये पीएसओमा मगर थरका सई थिए। ड्राइभरमा सहायक हवल्दार डोलराज पाण्डे थिए। पिएमा रोमा पाण्डे हुन्। अन्यको नाम थाहा भएन।

सम्पूर्ण आरोप सबै शत प्रतिशत असत्य हो। निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा सजायको भागिदार हुने छु। यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो तर समिति गठन भएको १ दिनपछि मैले यो समितिको बारेमा जानकारी प्राप्त गरेँ।

सो समयमा म सल्लाहकारको रुपमा कार्यरत भएकोले मेरो हस्ताक्षर मन्त्रालयको आधिकारीक नहुने कारणले मलाई यो जानकारी पछि प्राप्त भयो। सबै मनगढन्ते कुरा हो। थापाथलीको आँगन होटलमा मेरो र सानु भण्डारीसँग कहिलै पनि भेट भएको छैन।

मेरो जानकारी अनुसार कुनै पनि व्यक्ति शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि नगएको हुँदा उक्त आरोप प्रेम राई तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको नाम मुछेर उनीहरुलाई व्यर्थमा बदनाम गर्ने कु लक्षित प्रयास हो।

उक्त घर मेरो श्रीमती भुवनदेवी राईको नाममा मेघा बैंक त्रिपुरेश्वरबाट ऋण लिई खरिद गरेको हो। उक्त घर सुमिता केसीबाट विगत २ वर्ष अगाडितिर खरिद गरेको हुँ, खरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ। मैले उक्त घर खरिद गर्दाको अवस्थामा घर धनीलाई नै रकम दिएको भन्ने कुरा झुठ्ठा हो। आरोपितले लगाएको सबै माथीको आरोपहरु जस्तै तथ्यहिन र प्रमाणविहीन आरोपहरु हुन्, यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरु हो र उसैको डायरीमा पाईएको कुराहरु हो। जसको सत्यता माथि सिधा प्रश्न उठ्छ र यो मनगढन्ते, कपोकल्पित आरोप ह ।

आरोप प्रमाणित भएमा सजायको भागिदार हुने छु। काल्पनिक ब्यहोरा मैले दिएको भनेर म माथि आरोप गलत हो, मैले उपरोक्त सबै आरोपित बुँदाहरुको जवाफ माथि उल्लेखित मेरो जवाफमा दिएकै अनुसार सत्य हो।

जहाँ मूल्य रु १,५०,००,०००। (एक करोड पचास लाख) र रु २,००,००,०००। (दुई करोड) गरी जम्मा रु ३,५०,००,०००। (तीन कारोड पचास लाख) सवाल छ, बैंकमा साटिएको छ/छैन सम्बन्धित बैंकबाट जानकारी लिन अनुरोध छ।

यस्तो छ बालकृष्ण खाँणले प्रहरीलाई दिएको बयान

टेकनारायणको बयान : पीडितहरुले रकम फिर्ता मागेपछि केशव दुलालले मसँग रिसइबी साँधे

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .