ad ad

समाज


शरणार्थी प्रकरण : प्रहरीले बुझाउन भ्याएन अनुसन्धान प्रतिवेदन

शरणार्थी प्रकरण : प्रहरीले बुझाउन भ्याएन अनुसन्धान प्रतिवेदन

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार १९:१, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले आइतवार नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन सकेन।

पक्राउ परेका १६ जना अभियुक्तसहित अन्यविरुद्ध मुद्दा लगाउने कसुर तय भइनसकेकाले प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिन अझै समय लगाउने भएको हो।

प्रहरी परिसरबाट अनुसन्धान प्रतिवेदन आउने प्रतिक्षमा सरकारी वकिलहरु आइतबार अबेर साँझसम्म बसेका थिए। 

तर आइतबार साँझसम्म अनुसन्धान प्रतिवेदन नबुझाउने जानकारी आएपछि आफूहरु घरतिर लागेको प्रमुख सरकारी वकिल अच्युतमणि न्यौपानेले बताएका छन्। 

प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिँदै गर्दा आइतबार मात्रै नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पाँचवटा उजुरी परेका छन्।

गत वैशाख २९ गते पक्राउ पुर्जी जारी भएर जेठ २ गते आत्मसमर्पण गरेका उनले अमेरिका पठाउने नाममा लाखौँ ठगी गरेको भन्दै पाँचवटा उजुरी आइपुगेको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले  बताए। 

आइतबार मात्रै प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट थप तीन दिन म्याद थपेको छ।

आगामी शुक्रबारसम्म प्रहरीले यो मुद्दा सरकारी वकिलमार्फत अदालतमा लगिसक्नुपर्ने हुन्छ। जिल्ला प्रहरी परिसरले सोमबार या मंगलबारसम्म कसुरसमेत तय गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .