इथियोपिया र इरिट्रियाबीच जारी २० वर्षको युद्ध अन्त्य गर्न सफल भएकोमा अहमदलाई नोबर शान्ति पुरस्कार दिइएको थियो।
यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबल शान्ति पुरस्कारका लागि आफू अबि अहमदभन्दा योग्य भएको तर्क गरिरहेका छन्।
बिहीबार राति ट्रम्पले ओहियो राज्यमा आयोजित कार्यक्रममा आफ्ना समर्थक माझ भने,‘म सबैलाई नोबल शान्ति पुरस्कारबारे भन्न गइरहेको छु। मैले देश बचाउने सम्झौता गरे। विश्वमा ठूला युद्ध हुनबाट जोगाए। देश जोगाएकामा कुनै एक व्यक्तिले नोबल शान्ति पुरस्कार पाएको मैले सुनेको छु।’
ट्रम्प भन्छन्,‘मैले त्यो पुरस्कार पाउन अझ के गर्नुपर्छ।’
— Aaron Rupar (@atrupar) January 10, 2020"I made a deal, I saved a country, and I just heard that the head of that country is now getting the Nobel Peace Prize for saving the country. I said, 'what, did I have something do with it?'" -- Trump whines about not having a Nobel Peace Prize pic.twitter.com/PjVsZCkThY
ट्रम्पले अबि अहमदको नाम नलिए पनि उनकै बारे कुरा गरेको प्रस्ट हुन्छ। ट्रम्पले उत्तर कोरियालाई शान्तिको बाटोमा ल्याएको दोहोर्याउँदै बताउँदै आएका छन्।
केही समयअगाडि ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले आइएसका नेता अल बगदादीको हत्या गरेको थियो। हालै अमेरिकाले इरानका प्रतिष्ठित सैन्य कमान्डर कासिम सुलेमानी हत्या गर्यो।
अमेरिकाले सुलेमानी एक नम्बरको आतंकवादी भएको बताइरहँदा इरानमा अमेरिकाको चर्को विरोध भइरहेको छ। बीबीसी

प्रतिक्रिया