ad ad

समाज


चट्याङबाट घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

चट्याङबाट घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८० सोमबार २०:४०, काठमाडौँ

चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन। उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्। 

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन। घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ। 

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। ‘मौसम  अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन्’, उनले भने, ‘मौसममा सुधार आए मङ्गलबार बिहानै घाइतेको उद्धारमा लाग्छौँ।’ 

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको  हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।

उनीहरू गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .