बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवात (सामुद्रिक आँधी) तीव्र गतिमा सशक्त बन्दै गइरहेको जानकारी दिँदै भारतका नागरिकलाई सतर्कता अपनाउन त्यहाँको मौसम विभागले चेतावनी जारी गरेको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो बंगलादेशको कक्सबजार र म्यानमारको सिटवे बीचको तटीय क्षेत्रमा चक्रवात ठोक्किने सम्भावना छ।
आइतबार बिहान साढे २ बजे उक्त आँधीको केन्द्रबिन्दु १८ दशमलव ३ डिग्री उत्तर अक्षांश र ९१ दशमलव ३ देशान्तरमा बंगालको खाडीमा रहेको भारतीय मौसम विभागले जनाएको छ।
— India Meteorological Department (@Indiametdept) May 14, 2023ESCS “Mocha” lay centered at 0230 hours IST of 14th May 2023 over Eastcentral Bay of Bengal near lat 18.3N & long 91.3E, likely to cross between Cox’s Bazar (Bangladesh) & Kyaukpyu (Myanmar), close to Sittwe (Myanmar) around noon of 14th May, 2023
समाचार एजेन्सी एएनआईका अनुसार बंगालको खाडीसँग सीमा जोडिएका भारतीय राज्यहरूले यस आँधीबारे आफ्ना नागरिकलाई होसियार रहन सुझाव दिएका छन्।
समाचारअनुसार पश्चिम बंगालका २४ परगना जिल्लाको बक्खली समुद्री तटमा सिभिल डिफेन्सको टोली तैनाथ गरिएको छ। टोलीले सर्वसाधारण र पर्यटकलाई सतर्क रहन र समुद्र तटमा नआउन आग्रह गरेको छ।
यो आँधी बंगालको खाडीबाट बंगलादेश र म्यानमारतर्फ सर्दै छ। जसमा प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा हावाहुरी चल्ने र भारी वर्षाको सम्भावना छ।
भारतीय मौसम विभागले यसअघि नै रेड अलर्ट जारी गरेको थियो। मिजोरम, त्रिपुरा र मणिपुरका जनतालाई सतर्क रहन भनिएको छ।
West Bengal | NDRF conducts a warning campaign in Hingalganj, Hasnabad, and Sandeshkhali areas along the Bangladesh border of North 24-Parganas amid #CycloneMocha intensifies into cyclonic storm pic.twitter.com/xZWiF2QQ8x
— ANI (@ANI) May 13, 2023
Shares

प्रतिक्रिया