ad ad

समाज


सार्वजनिक यातायातमा अनुगमन समितिको छड्के

सार्वजनिक यातायातमा अनुगमन समितिको छड्के

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ९:१६,

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दोस्रोपटक उपत्यकाका सार्वजनिक सवारी साधनको अनुगमन गरेका छन्।

अनुगमन समितिका पदाधिकारीसहित सुन्धारा पुगेर महाशाखा प्रमुख ढकालले २३ वटा सार्वजनिक सवारीहरूको अनुगमन गरेका हुन्।

यसअघि उनले यही पुस १७ गते काठमाडौँ विभिन्न क्षेत्रमा पुगी साना तथा ठूला भाडाका सवारीमा गोप्य अनुगमन गरेका थिए।

बढी भाडा लिएको, अरक्षणको पालाना नगरेको, क्षमताभन्दा बढी यात्रु बोकेको, गाडीको कन्डिसन राम्रो नभएको, चालक र सहचालकको बोली वचन राम्रो नभएको, सिट बेल्टको प्रयोग नगरेको, गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने गरेको गुनासो परेपछि महाशाखा प्रमुख ढकालले अनुगमन थालेका हुन्।

अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमी कमजोरीहरूलाई सच्याउनका लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए।

सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकाले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुप्रति सेवाभावका साथ आफूलाई बदल्न समेत यस अभियानले महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ।

अनुगमनले सवारी दुर्घटना न्युनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरु व्यवसायिक, अनुशासित बनाउने समेत ट्राफिक प्रहरीले विश्वास लिएको छ।

यसअघि पुस १७ गते अनुगमन गरेपछि प्रमुख ढकालले यही पुस २० गते महाशाखा विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनी प्रा.लि. का प्रतिनिधिसँग छलफल गरी सार्वजनिक यातायात सुधारका लागि १९ बुँदे प्रतिवद्धता गरिएको र सोही पालना भए नभएको बारे जानकारी लिन शुक्रबार फेरि अनुगमन गरिएको बताइएको छ।

सो अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .