आजबाट पानी पर्न र हिमपात कम हुँदै जाने अनुमान मौसम पूर्वानुमान महाशाले गरेको छ।
पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ। आजदेखि भने मौसममा क्रमशः सुधार हुने मौसमविद्ले बताएका छन्।
मौसम पुर्वानुमान महाशाखाले शुक्रबार बिहानी बुलेटिन प्रकाशित गरी शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ।
काठमाडौँसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो अब क्रमशः हट्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। अहिले काठमाडाैँ उपत्याकामा घाम लागेकाे छैन।
देशको मध्य र पूर्वको आकाशमा भने अझै आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ।
शुक्रबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया