समाज


कर्णाली चिसापानीमा तैरिरहेको अवस्थामा शव भेटियो

कर्णाली चिसापानीमा तैरिरहेको अवस्थामा शव भेटियो

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १३:४४, काठमाडौँ

कर्णाली चिसापानीमा नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको छ।

पुलको पूर्वतर्फ ठाकुरबाबास्थित चिसापानी पुलनजिकै बुधबार दिँउो २ बजे पहिचान नखुलेको अवस्थामा शव भेटिएको हो।

निलो र रातो रंगको वाटरप्रुफ ज्याकेट, भित्र रातो रंगको टि-सर्ट, सेतोकालो धर्सा भएको सर्ट, घ्यू रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको लगाएको पुरुषको अन्दाजी उमेर ५०-५० वर्ष रहेको इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँले जनाएको छ।

भुरीगाउँबाट खटिएको अनुसन्धान टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ। 

सनाखत नभइसकेको शव परीक्षणका लागि बर्दिया अस्पताल राखिएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad