आज राति चार प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने सम्भावना छ।
मौसमविद्का अनुसार एक दुई ठाउँमा मात्र वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
72
Shares
प्रतिक्रिया