ad ad

समाज


भारतको एसयू–३० विमानमा जडान भयो सुपरसोकिन क्रुज क्षेप्यास्त्र

भारतको एसयू–३० विमानमा जडान भयो सुपरसोकिन क्रुज क्षेप्यास्त्र

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:४३,

ब्रमोस क्रुज मिसाइल एसयू–३० विमानमा जडान भएपछि भारतको सैन्य शक्ति अझ बलियो भएको बताइएको छ।

भारतीय विमानमा जडान गरिएको क्षेप्यास्त्र तिव्र गतिमा मारहान्न सक्ने क्षमताको भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

भारतको स्ट्राटेजिक फोर्सेस कमान्डले क्षेप्यास्त्र सम्पन्न विमानहरु प्राप्त गर्न थालेको छ।

ब्रमोस क्षेप्यास्त्र भारतको डिफेन्स रिसर्च एन्ड डेभलोपमेन्ट अर्गनाइजेसन तथा रुसको रकेट डिजाइन ब्युरो एनपीओ मसिनोस्ट्रेनियाले निर्माण गरेको हो।

रुस र भारतको एक प्रतिवेदनअनुसार ब्रमोस क्षेप्यास्त्रले एक सेकेन्डमा ३ हजार किलोमिटरको दुरी पार गर्नसक्छ।

यो बन्दुकको गोलीभन्दा छिटो छ। यसबाट ठूलो मात्रामा काइनेटिक इनर्जी उत्पन्न हुने जनाइएको छ।

क्षेप्यास्त्र जडान भएको विमान भारतको हवाई सेनाको मेरुदण्ड बन्नेछ। दिल्लीसँग एसयू–३० विमान २ सयवटा छन्। भारतले अझै ८२ वटा यस्ता विमान थप्ने बताएको छ। एजेन्सी

Image result for su-30 india

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .