काठमाडौंको गोकर्णेश्वर ३ का वडाध्यक्ष जुवाखालबाट पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका ३ का वडाध्यक्ष मुरारीप्रसाद कुइँकेल शुक्रबार जुवाखालबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले कुइँकेलसहित ७ जनालाई पक्राउ गरिएको बताए। ‘बौद्ध बृत्तले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। वडाध्यक्षसहित ६/७ जना छन्’, रिजालले नेपालखबरसँग भने।
गोकर्णेश्वरको सुल्ताखान बसपार्क नजिकै स्थानीय थापाको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनी यसअघि पनि कार्यालय समयमा जुवातास खेल्ने गरेको स्थानीयले बताएका छन्।
वडाध्यक्ष कुइँकेल नेकपा एमालेबाट निर्वाचित हुन्।
2.4k
Shares
प्रतिक्रिया