समाज


२ सय २७ किलो गाँजा बोकेको ट्रकसहित २ जना पक्राउ

२ सय २७ किलो गाँजा बोकेको ट्रकसहित २ जना पक्राउ

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:३४, काठमाडौँ

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट सशस्त्र प्रहरीले २२७ किलो ४ सय ग्राम गाँजासहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।

सशस्त्रले गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीया चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ वर्षीया चुडामणि कटुवाललाई पनि पक्राउ गरेको छ।

उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ।

नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाँजा र बरामद सामाग्रीसहित आवश्यक कारबाहीको लागि  ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .