समाज


ह्यारीद्वारा राजपरिवारको वरिष्ठ सदस्य नबन्ने घोषणा, महारानी बनिन् रुष्ट

ह्यारीद्वारा राजपरिवारको वरिष्ठ सदस्य नबन्ने घोषणा, महारानी बनिन् रुष्ट

नेपालखबर
पुस २४, २०७६ बिहिबार ६:५३,

आर्थिक रुपमा स्वतन्त्र बन्ने बताउँदै ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्य नबन्ने बताएका हुन्।

ह्यारी र मेगनको निर्णयपछि वेलायती राजपरिवारमा तनाव उत्पन्न भएको छ। ह्यारी र मेगनले यस्तो निर्णय लिन अगाडि शाही परिवारसँग कुनै सल्लाह नलिएको बीबीसीले जनाएको छ।

बुधबार इन्स्टाग्राममार्फत् अप्रत्याशित निर्णय गरेपछि महारानी इलिजावेथ दोस्रो नाति ह्यारीसँग निकै दुखी भएको बताइएको छ। उनी ह्यारीसँग रिसाएकी छिन्।

ह्यारीले भनेका छन्,‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट अलग हुन चाहन्छौं। आर्थिक रुपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं। यद्यपी महारानीलाई हाम्रो समर्थन जारी रहन्छ।’

ह्यारीले अब आफू श्रीमती र छोरासँग वेलायत र अमेरिका दुवै स्थानमा बस्ने आफ्नो वक्तव्यमा बताएका छन्।

यतिबेला ह्यारीको फैसला गलत भएको विश्लेषण भइरहेका छन्। ह्यारीमाथि सुरक्षाको चुनौती सिर्जना हुने अनुमान गरिएको छ।

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad