अटो


कर्पोरेट क्षेत्रको पहिलो रोजाइमा टाटाको नेक्सन कार

कर्पोरेट क्षेत्रको पहिलो रोजाइमा टाटाको नेक्सन कार

नेपालखबर
पुस २४, २०७६ बिहिबार ६:४६,

टाटा नेक्सन कार कर्पोरेट क्षेत्रको पहिलो रोजाइ बन्नपुगेको छ। टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो।

याे कार टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको हाे।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ। २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एयरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ।

हालैमात्र नेपाल एसबिआई बैङ्कलाइ टाटा नेक्सनका विभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरी गरिएको छ भने अन्य बैङ्क तथा वित्तीय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भइरहेको छ।

एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad