समाज


सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति

सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति

नेपालखबर
पुस २४, २०७६ बिहिबार ६:२१,

म्याग्दी र मुस्ताङ जिल्लाबीचको सीमा विवाद समाधानको प्रयास भएको छ।

लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ बादरजुङ, चरन क्षेत्र, विकास निर्माणलगायत विभिन्न विषयमा पटक–पटकको समस्यालाई समाधान गर्न उपसमितिले नापी विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्थलगत अनुगमनसमेत गरी छिट्टै समाधान गर्ने सहमति गरेका छन्।

दुवै जिल्लाको सिमाना क्षेत्रमा जडीबुटी, पशुचौपाय चरन क्षेत्र प्रयोगमा स्थानीयबीच विवाद उत्पन्न हुने गरेपनि समाधानको दीर्घकालीन उपायको खोजी हुन सकेको थिएन। सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाललगायत स्थानीय वडा प्रतिनिधि, स्थानीयवासीको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad