बर्दियाको गुलरियाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–३ भगरिया बस्ने वर्ष ३० को रोजन पुरी र सोही नगरपालिका वडा नं २ ओराली बस्ने वर्ष २१ को अविनाश नेपाली रहेका छन्।
सोमबार गुलरिया नेपालगञ्ज हुलाकी सडक खण्डमा ना. २८ प. ९२८६ नं. को मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा दुवैजनाको साथबाट ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
सेतो हरियो प्लाष्टिकको १÷१ पुरियामा बेरेर लुकाई छिपाई राखेको लागुऔषध धुलो १ ग्राम ३५० मिलिग्राम बरामद भएको हो। उनीहरुलाई तत्काल नियन्त्रणमा लिई आज (मंगलबार) बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
24
Shares

प्रतिक्रिया