ad ad

सुदूरपश्चिम


दार्चुला हिम पहिरो : ५ जना बेपत्ता, ७ सकुशल

दार्चुला हिम पहिरो : ५ जना बेपत्ता, ७ सकुशल

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिन।


गोकुल जोशी
बैशाख १९, २०८० मंगलबार १८:५४, काठमाडौँ

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरो परेर ५ जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ पुरुष र एक महिला बेपत्ता भएका हुन्।

उद्दारका लागि सशस्त्र प्रहरीका डीएसपी इश्वरी भट्ट नेतृत्वको टोली र  जनपथ प्रहरीको टोली घटनास्थलमा पुगेको छ। यार्सागुम्बा संकलन गर्न गएका १२ जनामध्ये ५ जना मानिस हिम पहिरोमा परेका छन्।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेको थिए।

यार्सागुम्बा संकलन गर्न गएका अन्य ७ जना भने सकुशल रहेको उद्दारका लागि पुगेको टोलीले खबर गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .