राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु)को अन्तिम संस्कार बुधबार हुने भएको छ।
बुधबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सभापति लामिछानेको सचिवालयले जनाएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा थापाको मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको थियो।
उनी गत वैशाख ४ गते बिहान पौने ४ बजे शंकास्पद रूपमा चितवनस्थित अढाईतले घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।
चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थापालाई थप उपचारका लागि गत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो।
तर त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा थिए। भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।
60
Shares
प्रतिक्रिया