डेंगी एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेगीं विशेष गरेर गर्मी मौसममा पानी परेपछि फैलिने रोग हो।
डेंगी भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग देखिनेजस्ता लक्षण देखिन्छन्।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीबाट बच्ने प्रमुख उपाय हो।
यसका लागि–
–सधैँ झुल टाँगेर सुत्ने
–खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
–घरको झ्याल–ढोकामा जाली हाल्ने
–सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गर्ने
–घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्ने
–घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने
डेंगी हुँदा देखिने लक्षण
–थकाइ लाग्नु
–वाकवाकी लाग्नु
–टाउको दुख्नु
–मांसपेशी तथा जोर्नी दुख्नु
–एक्कासि ज्वरो आउनु
–वान्ता हुनु
27
Shares
प्रतिक्रिया