समाज


एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै आभुषण तिमल्सिनाले दिए राजीनामा

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै आभुषण तिमल्सिनाले दिए राजीनामा

नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:२८, काठमाडौँ

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिमल्सिनाले राजीनामा दिएका छन्। सरकारले गत शुक्रबार प्रहरीका १८ जना एसपीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो।

गत शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो।

उक्त सिफारिसप्रति असन्तुष्टि जनाउँदै तिमल्सिनाले आइतबार प्रहरी हेडक्वार्टरमा राजीनामा बुझाएका हुन्। बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको उनको भनाई छ। 

१३ जना एसएसपी आईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी पद रिक्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .