ad ad

समाज


काठमाडौँमा बिहान–बिहान चिसो हुने क्रम कति दिनसम्म रहला?

काठमाडौँमा बिहान–बिहान चिसो हुने क्रम कति दिनसम्म रहला?

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार ७:२३, काठमाडौँ

करिब एक हप्तायता काठमाडौँ उपत्यकामा गर्मी घटेर बिहान–बिहान चिसो भइरहेको छ।  

एक हप्ता अघिसम्म बिहानैदेखि गर्मी हुने गरेकामा केही दिनयता चिसो महसुस भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पानी पार्ने प्रणाली भित्रिएयता काठमाडौँसँगै देशभर नै तापक्रम केही कम भएको छ। 

एक हप्तायता मौसम बदली (बादल लाग्ने), वर्षा र हिमपात भइरहेका कारण तापक्रम केही घटेको हो। 

‘काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने अप्रिल २१ तारिख (वैशाख ८) मा अधिकत तापक्रम ३३ डिग्रीसम्म पुगेको थियो, हिजो (बुधबार) २८.२ डिग्री मात्र छ’, उनले भने।

तर हिजोदेखि भने तापक्रम फेरि बिस्तारै बढ्न थालेको मौसमविद् प्रधानांगले बताए। 

‘हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री थियो, आज १३ डिग्री पुगेको छ’, उनले भने। 

एक हप्तायता बिहान–बिहान चिसो हुने क्रम कति दिनसम्म रहला? 

मौसमविद् प्रधानांगले भने, ‘अझै केही दिन रहने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .