ad ad

समाज


पहाडी भेगमा पानी पर्ने सम्भावना

पहाडी भेगमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार ७:३५, काठमाडौँ

आज (बिहीबार) देशका पहाडी भेगका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा देशका बाँकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ।

यस्तै आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

काठमाडौँमा वर्षाको सम्भावना?
महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भवना छैन।

‘आंशिक बदली (आकाशमा बादल) को सम्भावना मात्र देखिएको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .