इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ।
इरानी सरकारी टेलिभिजनका अनुसार बुधबार बिहानै मिसाइल आक्रमण गरी ‘इरानले ८० अमेरिकी आतंकवादी’ मारिदिएको छ।
अमेरिकी सेनाले आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले त्यसकाे बदला लिने बताएको थियो।
इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा बुधबार बिहान दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको थियो।
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका छन्।
याे पनि पढ्नुहाेस्ः
इरानमा रहेका नेपाली भन्छन् : हामी यहाँ सुरक्षित छौं
ट्रम्पले ट्वीटमा भनेका छन्,‘हामीसँग संसारमैं सबैभन्दा शक्तिशाली र अत्याधुनिक सैन्यशक्ति छ, निकै नै बढी भोलि सबेरै म आफ्नो धारणा दिनेछु।'
ट्रम्पले आक्रमणको जवाफ दिने बताइरहँदा इरानले अमेरिकी सेना मारिएको दाबी गरेको हो। रोयटर्स
All is well! Missiles launched from Iran at two military bases located in Iraq. Assessment of casualties & damages taking place now. So far, so good! We have the most powerful and well equipped military anywhere in the world, by far! I will be making a statement tomorrow morning.
— Donald J. Trump (@realDonaldTrump) January 8, 2020
प्रतिक्रिया