समाज


जुकरबर्गले ट्रम्पलाई भनेः तपाइँ फेसबुकको नम्बर एक

जुकरबर्गले ट्रम्पलाई भनेः तपाइँ फेसबुकको नम्बर एक

नेपालखबर
पुस २२, २०७६ मंगलबार १२:१०,

सोमबार अमेरिकाको ‘राइट–विंग रेडियो टक सो’मा प्रस्तोता रस लिम्बसँग कुराकानी गर्दै ट्रम्पले भने,‘हामीले सँगै डिनर खाएको थियौं, सो क्रममा सामाजिक सन्जालको प्रभावको बिषयमा कुराकानी भएको थियो। त्यसबेला जुकरबर्गले मलाई तपाइँ फेसबुकका नम्बर एक व्यक्ति भएको बताएका थिए।’

ट्रम्प र जुकरबर्गबीच गत अक्टुबरमा अन्तिमपटक भेट भएको थियो। सोही क्रममा जुकरबर्ग र ट्रम्पबीच सामाजिक सन्जालको प्रभावकारिताका बारे कुराकानी भएको थियो।

जुकरबर्गले ट्रम्प फेसबुकमा निकै सक्रिय भएको ट्रम्पलाई बताएका थिए। ट्रम्पको फेसबुक पेजमा २५ मिलियन लाइक छ। २६ मिलियनले उनलाई फलो गरेका छन्।

फेसबुकमा ट्रम्पभन्दा लोकप्रिय अमेरिकी अभिनेता विल स्मिथ र फुटबलर क्रिस्टियायनो रोनाल्डो हुन्।

रोनाल्डोको पेजमा १ सय २२ मिलियन लाइक छ भने विल स्मिथको पेजमा ७६ मिलियन लाइक छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .