समाज


पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १९:३६, काठमाडौँ

पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटर चालकको मृत्युु भएको छ।

गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad