समाज


सन्दीपविरुद्धको मुद्दामा डाक्टर र क्रिकेटरको पनि बकपत्र सकियो

सोमबार अन्तिम सुनुवाइ
सन्दीपविरुद्धको मुद्दामा डाक्टर र क्रिकेटरको पनि बकपत्र सकियो

नेपालखबर
बैशाख ६, २०८० बुधबार १९:२४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको पनि बकपत्र गराइएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार दुवै जनाको बकपत्र गराएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए। 

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाइ हुने भएको छ। अन्तिम सुनुवाइका लागि आगामी सोमबारका लागि पेसी तोकिएको छ।

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाई हुने भएको छ। अन्तिम सुनुवाईका लागि आगामी सोमबार पेशी तोकिएको छ। 
यसअघि नै अन्तिम सुनुवाईका लागि पेशी तोकिएको भएपनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए। यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो। 

उनीहरु दुवै जनाको बकपत्र बुधबार गराइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा आज बकपत्र सकिएको छ। 

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो। 

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा भदौ २१ गते गौशला बृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्हरीले मुद्दाको अनुसन्धान गरेको थियो। 

कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन)ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

थुनामुक्त भएपछि राष्ट्रिय टोलिबाट सन्दीपले नियमित क्रिकेट खेल्दै आएका छन्। अहिले एसीसी प्रिमियर कप चलिरहेको छ। घरेलु मैदानमा १० देश सम्मिलित प्रतियोगिता चलिरहेकै अवस्थामा उनीविरुद्धको मुद्दाको अन्तिम फैसला हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .