समाज


रामेछापको शैलुङ गाउँपालिकामा मृत्यु भएकाको नाममा पनि दिइयो भत्ता

रामेछापको शैलुङ गाउँपालिकामा मृत्यु भएकाको नाममा पनि दिइयो भत्ता

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १९:३९, काठमाडौँ

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मरेका ज्येष्ठ नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको कुराको तथ्य खुलेको हो। 

कानूनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख गरिएको छ।

महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमितरूपमा बुझ्दै आएको पाइएपछि उक्त घटना बाहिरिएको हो।  

उक्त विवरणका आधारमा महालेखा परीक्षकको कार्यालयले मरेको मितिभन्दा पछि कसैलाई पनि सामाजिक भत्ता दिन नमिल्ने भएकाले सम्बन्धित पक्षसँग उक्त रकम असुल उपर गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ।

यसबारेमा पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत उज्ज्वल पाठकसँग सम्पर्क गर्दा उनले गत वर्ष वडा सचिव पनि नयाँ भएको र सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा केही कमजोरी हुन गएको स्वीकार गरे। 

‘कार्यालयले केही व्यक्तिको लगत कट्टा गराउन छुटाए वापत त्यसो भएको र भत्ता बुझेसँगै सरोकारवाला व्यक्तिले मृत्यु दर्ताको प्रक्रिया पूरा गरिसकेको छ, अब मृत्यु भएपश्चात लिएको रकम फिर्ता हुन्छ र आइन्दा यस्तो घटना दोहोरिँदैन,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad