ad ad

समाज


जहाँ नेटवर्क टिप्ला कि भनेर मोबाइल बार्दलीमा झुण्डाइन्छ

जहाँ नेटवर्क टिप्ला कि भनेर मोबाइल बार्दलीमा झुण्डाइन्छ

रासस
बैशाख ५, २०८० मंगलबार १३:४८, काठमाडौँ

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन्।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ। 

यो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो। फोन आउँछ कि/नेटवर्क टिप्ला कि भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताइन्।

उनी भन्छिन्, 'के गर्नु सर, झुन्डाएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ। आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँं।'

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ।

हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ। बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ।

अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .