ad ad

समाज


रविका चालकको टाउकाको शल्यक्रिया सकियो, अझै होस खुलेन

रविका चालकको टाउकाको शल्यक्रिया सकियो, अझै होस खुलेन

छतबाट खसेर गम्भीर घाइते थापाको फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:४२, काठमाडौँ

सुतेकै अवस्थामा घरको छतबाट खसेर गम्भीर घाइते भएका रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा 'शम्भु'को टाउकाको शल्क्रिया गरिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेका चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका-११ स्थित घरको छतबाट खसेका थिए। 

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि पुरानो मेडिकल कलेज भर्ना गरिएको थियो।

जहाँको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ। छतबाट खसेर घाइते उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

पुरानो मेडिकल कलेजका चिकित्सक डा. सुदीपराज केसीले थापाको टाउकाको शल्लयक्रिया भएको बताएका छन्। तर उनका अनुसार अहिलेसम्म थापाको होस खुल्न सकेको छैन। 

यो घटनामापछि रास्वपा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको छ।

यसैबीच चालक थापा घरको छतबाट खसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खोलेका छन्।

घटनाको करिब १२ घण्टापछि सामाजिक सञ्जालमार्फत रविले उक्त घटनाबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

उनले चालक थापालाई प्रिय भाइ भन्दै उनी छतबाट खसेर दुर्घटनामा परेको दाबी गरेका छन्।

'आज बिहान प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छतबाट खसेर दुर्घटनामा पर्नुभयो। उहाँ सीएमसीमा उपचाररत हुनुहुन्छ', उनले भनेका छन्, 'बिहानैदेखि निरन्तर र भर्खरै पनि  मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुध्रिएको छ, स्थिर छ। प्रहरी पनि अनुसन्धानमा छ।'

उनले यस्तो बेला आफूसँग बोल्ने शब्द नभएको बताएका छन्। 'म नेता भन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँसु आउँछन्', उनले भनेका छन्, 'बिन्ति छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .