समाज


निर्माण र मर्मतको काम राती ८ बजेपछि मात्रै गर्नू : काठमाडौं महानगर

निर्माण र मर्मतको काम राती ८ बजेपछि मात्रै गर्नू : काठमाडौं महानगर

नेपालखबर
बैशाख ४, २०८० सोमबार १०:७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पूर्वधार निर्माण तथा मर्मत राती ८ बजेपछि मात्रै गर्न आग्रह गरेको छ। सार्वजनिक निकाय (सरकारी निकाय)लाई महानगरले पूर्वधार निर्माणसँगै मर्मतका सबै काम ८ बजेपछि गर्न सूचना जारी गरेको हो।

सडक किनारमा निमाण गरिने कुनैपनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा नखस्नेगरी काम गर्न भनिएको छ। निजी भवन निर्माण गर्दा समेत सडक पेटीमा निर्माण समग्री राखेर अवरोध गर्न पाइने छैन। 

सडक मर्मत वा नयाँ निमार्ण गर्दा, पेटीमा केवल, ढल वा पाइप राख्दा त्यस्तो सथानबाट धुलो माटो नउड्ने वा अन्यत्त नजाने व्यवस्था गर्नुपर्ने भएको छ। 
 

सडक पेटीमा गरिने कुनैपनि निर्माण, मर्मत कार्यकालागि आवश्यक पर्ने जनि सामाग्री मात्र निर्माण स्थलमा राख्नु पर्ने छ।

निर्माण स्थलको घेराबार नलगाई कुनै निर्माण सामाग्री यत्रतत्र राखिए महानगरले जुनसुकै बेला उठाउन सक्ने छ। महानगरले निर्माण गरेर फोहोर छाड्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .