ad ad

समाज


शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

फाइल तस्बिर : राधादेवी जोशी


नेपालखबर
बैशाख २, २०८० शनिबार ८:४४, काठमाडौँ

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। 

सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन्। 

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो। 

उनीहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .