ad ad

समाज


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट फिल्ड अस्पतालको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट फिल्ड अस्पतालको उद्घाटन

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २०:२१, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सूदुरपश्चिम प्रदेशस्थित नं ७ बैद्यनाथ बाहिनी परिसरमा निर्माण भएको नेपाल एपीएफ फिल्ड अस्पतालको चैत्र ३० गते उद्घाटन गरेका छन्। 

सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार  सो अस्पताल निर्माण गरिएको हो।

महानिरीक्षक अर्यालले संगठनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि विभिन्न किसिमका कल्याणकारी कार्य एवं वृत्तिविकासमा विशेष ध्यानदिँदै कार्य गरिरहेको बताउनुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु अनुशासित, इमान्दार र पूर्ण व्यावसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पूरा गर्न निर्देशन दिए।

कैलाली जिल्लाको गोदावरी नगरपालिका १ स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र १५ शैयाको फिल्ड अस्पताल निर्माण भएको हो।

अस्पतालको निर्माण र संचालनले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरु र उनीहरुको परिवारका साथसाथै स्थानीय नागरिकहरुलाई समेत औषधी उपचारमा सहजता हुने डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

कार्यक्रममा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, बिल्लादार जवान तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .