सन् २०२० सुरु भएको केही दिन मात्र भयो। तर, बेलायतका ठूला कम्पनीका औसत कर्मचारीले आगामी वर्षभरी जति तलब हात पार्नेछन्, ती कम्पनीका हाकिमले वर्षको पहिलो ३ दिनमै कमाइसकेका छन्।
सन् २०१८ फाइनान्सियल टाइम्स स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीका प्रमुख कार्यकारीहरुको औसत वार्षिक कमाइ ३४ लाख ६० हजार पाउन्ड छ। अर्थात् उनीहरुले प्रतिघण्टा ९ सय १ पाउन्ड
कमाउँछन्।
तर, कर्मचारीहरुको वार्षिक तलब औसतमा २९ हजार ५ सय ५९ पाउन्ड मात्र छ। उनीहरुले प्रतिघण्टा १४.३७ पाउन्ड। अर्थात् हाकिमको कमाइ औसत कर्मचारीको तलबको १ सय १७ गुणा बढी हुन्छ।
यो तथ्यांक चार्टर्ड इन्स्टिच्युट अफ पर्सोनेल एन्ड डेभेलपमेन्ट र हाइ पे सेन्टर नामक थिंक ट्यांकले संकलन गरेको हो। बीबीसी
3
Shares

प्रतिक्रिया