प्रहरीले भक्तपुरको मध्यपुर ठिमी ९ बाट तास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ।
नीलबाराहीस्थित सुरेश श्रेष्ठको रिसोर्टमा जुवातास खेलिरहेकाहरुलाई प्रहरीले सोमबार समातेको हो।
उनीहरुको साथबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास बरामद भएको छ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया