ad ad

खेल


ए डिभिजन लिगमा मछिन्द्र र मनाङ भिड्दै

ए डिभिजन लिगमा मछिन्द्र र मनाङ भिड्दै

नेपालखबर
पुस २१, २०७६ सोमबार ७:२८,

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको दोस्रो खेल आज अपराह्न ३ बजे दशरथ रंगशालामा  हुँदै छ।

उपाधि दाबेदार सानमिगेल मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने खेलमा आफ्नै पूर्वक्लबविरुद्ध आठ जना खेलाडी उत्रिने भएका छन्।

त्यसअघि लिगको पहिलो खेलमा प्रभु जावलाखेलले एनआरटीलाई हराउँदै अपराजित यात्रा कायम राख्ने दाउमा हुनेछ। जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ।

लिगमा दुई जित र दुई खेल हारको नतिजा निकालेको एनआरटीको ४ अंक छ। संकटा र मछिन्द्रसँग पराजित एनआरटीले सरस्वती युथ र च्यासल युथ क्लबलाई पराजित गरेको थियो।

अघिल्लो वर्ष रेलिगेसनविनाको लिगमा पुछारमा रहेको कारण एनआरटीको २ अंक खोसिएको छ ।

आजै हुने दोस्रो खेलमा मनाङ र मछिन्द्र भिड्नेछन्। लिग जित्ने लक्ष्यसहित मछिन्द्रले राष्ट्रिय टोलीका खेलाडी समेटेर बलियो टोली बनाएको छ।

पूर्वक्लबविरुद्ध उत्रिँदै ८ खेलाडी
लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलोपटक मनाङविरुद्ध उत्रिँदै छन्। अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ र दीपक राईसँगै गत सिजन लोनमा आएका देवेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दै छन्।

मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद नतिजा दिने लक्ष्यमा छ। गत कात्तिक ३० गते अनुशासन उल्ल्ङघन गरेको भन्दै एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै अन्जन टिममा फर्किन लागेका हुन्। उनीसँगै कारबाहीमा परेका आर्मीका सन्तोष तामाङ थ्रीस्टारविरुद्धको खेलबाट पुनरागमन गरिसकेका छन्। अन्जनको पुनरागमनसँगै मनाङलाई केही सहज हने अपेक्षा गरिएको छ।

७ खेलाडीले एकैपटक क्लब छाडेपनि मनाङले युवा खेलाडीलाई समेट्दै राम्रो टोली बनाएको छ। लिगमा दुवै टोली अपराजित छन्। दुबै टोलीको खेललाई निकै महत्वका साथ हेरिएको छ।

चौथो चरणको खेलसम्म मनाङ ३ जित र १ बराबरीसँगै १० अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। मछिन्द्र पनि ३ जित र एक बराबरीसँगै ९ अंकमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .