समाज


घरमै आएर घारेले टोक्दा मृत्यु

घरमै आएर घारेले टोक्दा मृत्यु

नेपालखबर
पुस २१, २०७६ सोमबार ४:२२,

चितवनमा घारेको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका-९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको घारेको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमै बसेकी थरुनी घारेको हुलले टोक्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad