ad ad

समाज


पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०७९ आइतबार ७:१२, काठमाडौँ

आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। 

महाशाखाको बुलेटिनअनुसार राति भने कतै वर्षाको सम्भावना छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना? 
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। ‘आंशिक बदली (थोरै आकाशमा बादल) भने छ’, उनले भने। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ। यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .