ad ad

राजनीति


पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विजयी

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विजयी

फाइल तस्बिर : सुशील विष्ट


नेपालखबर
चैत २६, २०७९ आइतबार ७:३०, काठमाडौँ

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। 

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए। 

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गते नै हुनुपर्ने स्ववियु चुनाव पछि सरेको थियो। उम्मेदवार चयनमा सहमति नभएपछि नेविसंघका एकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरुमा विष्टलाई नै टिकट दिएका थिए। तर पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि त्यहाँ नेविसंघ दुई समूहमा विभाजन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .