ad ad

समाज


ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

नेपालखबर
चैत २५, २०७९ शनिबार १५:३२, काठमाडौँ

काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। 

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जिसीका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ। 

चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको उनले बताए। 

‘हेलिकप्टरको पछाडिको भाग चोइटिएर भागेको भेटिएको छ। अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ।’ जिसीले भने। 

घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .