ad ad

समाज


सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाको मृत्यु

नेपालखबर
चैत २२, २०७९ बुधबार ८:९, काठमाडौँ

सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र आशिका ढकाल(२२) छन्। यस्तै रूपन्देहीकी मुना शाह श्रेष्ठ(२९) को हिमपहिरोमा परी मृत्यु भएको छ। उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए।

यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन्।

मंगलबार स्थानीय समयअनुसार दिउँसो १२:१५ बजे गान्तोक-नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन्। २० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ। सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ।

घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको  उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .