समाज


अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु, दुई घाइते

विष्णुकुमार आले
असार १२, २०७६ बिहिबार ५:४१,

 अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

अर्घाको नौलापानीबाट सदरमुकाम सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा दुर्घटनामा परेको हो। सो दुर्घटनमा मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

जिपमा तीन जना सवार रहेका थिए। दुर्घटनामा घाइते हुनेमा जिप चालक झविन्द्र खत्री र अर्का यात्रु अनिल जिसी रहेका छन्।

घाइतेमध्ये चालक खत्रीको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालले जनाएको छ।

घाइते दुबैलाई अहिले थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गति र भिरालो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ीजप सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad