कारोबार


ग्लोबल आइएमई बैंकले इन्टरनेशनल फाइनान्ससँग २ करोड डलर ऋण लिने

ग्लोबल आइएमई बैंकले इन्टरनेशनल फाइनान्ससँग २ करोड डलर ऋण लिने

नेपालखबर
असार १२, २०७६ बिहिबार ५:२२,

ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बीच बुधबार ऋणको लागि सम्झौता आदानप्रदान भएको छ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान गरेका हुन्।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात् ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब २० करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ।

यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पुँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ।

आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad