नेपाली सेनामा एक उपरथीसहित तीन अधिकृत बढुवा भएका छन्। प्राविधिक सहायक रथी डा. अरुण शर्मा उपरथीमा बढुवा भएका हुन्।
चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेका शर्मालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
शर्मालाई प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
पदोन्नती भएसँगै शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
यस्तै प्राविधिकतर्फकै महासेनानी डा. राजिव देव सहायक रथीमा बढुवा भएका छन्। प्रमुख सेनानी डा. राम श्रेष्ठलाई प्राविधिक महासेनानीमा बढुवा गरिएको छ।
उनीहरुलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया