नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्ने गरेको भन्दै त्यसबाट भाग्न नसक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागले आयोजना गरेको ‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरुलाई स्वीकार गरी विश्वासनियता कायम राख्नुपर्नेमा जोड दिए।
हिजोको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त रहेकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलको भनाई छ।
साथै, नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरु हाबी हुन थालेको बताए।
प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै डा. आचार्यले सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए।
महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताए। ‘आजको पत्रकारितमा अवसर र चुनौति दुबै छन्। यसलाई प्रविधि, शैली र समाज रुपान्तरणका हिसावले व्याख्या विश्लेषण गर्नुपर्छ,’ डा. विष्टले बताए।
त्यस्तै, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा कमी कमजोरी रहेको बताए।
उनले मुलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको पनि बताए। उनले नेपाली सञ्चारमाध्यम प्रश्नहरुबाट गुज्रिरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्तराम बिडारीले सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनियता कायम राख्न र समयअनुकूल प्रविधिको प्रयोग गर्न जोड दिएका थिए।
प्रतिक्रिया