भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव प्रसाद दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरेको हो।
उनीहरुले ८१ जनालाई यसरी ठगी गरेको आरोप छ।
तर अहिलेसम्म दुई जना मात्रै पीडित सम्पर्कमा आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए।
उनीहरुले कोहीसँग १५ लाख र कोहीसँग २५ लाख गरी ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको पीडितले बताएका छन्।
७९ जना भने प्रहरीको सम्पर्कमा आएका छैनन्। उनीहरुसँग केही कागजात फेला परेको छ। त्यो कागजात नक्कली हो कि सक्कली भन्ने पनि अनुसन्धान हुन बाँकी रहेको एसपी राठौरले बताए।
जाहेरवाला भुटानी शरणार्थी भएपनि सबै भुटानी शरणार्थी हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको छ।
प्रतिक्रिया