कोही हुन्छन्, जो हरेक कुरासँग खुसी नहुने। जुनसुकै कुरामा पनि खोट निकाल्ने।
कसैलाई आफ्नो गाला नाक, नमिले वा ठूलो लाग्न सक्छ। कसैलाई आफ्नो मोटाइले चित्त नबुझ्न सक्छ। यस्ता सामान्य कुराहरुले गर्दा पनि धेरै जसो चिन्तित हुन्छन्। यो समस्या बढ्दै गयो भने त्यसलाई सामान्य मान्न सकिन्न। जसलाई डिसमोर्फिक डिसअर्डर भएको अवस्थामा मान्न सकिन्छ।
डिसमोर्फिक डिसअर्डर मानसिक समस्या हो। जसमा बिरामी आफ्नो शरीरको त्रुटिलाई लिएर बढी चिन्तित बन्छन्।
जसले गर्दा दैनिकी नै कष्टकर बन्दै जान्छ। यो रोग बढ्दै जाँदा आफ्नो यो मिलेको छैन त्यो मिलेको छैन सोचेर अरुसँग घुलमिल हुन नसक्ने हुन्छन् र बिस्तारै मनोबल घट्दै जान्छ।
डिसमोर्फिक डिसअर्डर यही नै कारणले गर्दा हुन्छ भन्ने छैन।
लक्षणहरु
अनुहारको कुनै अंग मिलेको छैन जस्तो लागेर बारम्बार ऐना हेर्ने
खोट देखिने डरले ऐना नै नहेर्ने वा फोटो खिच्न नमान्ने
छालाको रंग, कपाल वा शरीरको अन्य कुनै पनि अंगमा खोट भेट्ने
बारम्बार शरीरका अंगहरु छुने, सुम्सुमाउने,
चिन्तित हुने, तनाव महसुस गर्ने
भावनात्मक समस्याहरु जस्तै डिप्रेशन,
आफूलाई घृणा गर्दै जाने,
चिन्तित हुने, मनोबल घटेको महसुस गर्ने
चाहिने भन्दा बढी शरीरको विभिन्न भागको बारेमा सोच्ने
यस्ता लक्षण देखिने बितिकै समयमा उपचार गरे गम्भीररुपमा हुने मानसिक समस्याबाट बच्न सकिन्छ। त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नु पर्छ।
प्रतिक्रिया