ad ad

समाज


कमल पराजुलीको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

कमल पराजुलीको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

नेपालखबर
चैत १२, २०७९ आइतबार १४:२६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाएको छ।

अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ विगो दावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो। सो मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो ।

पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको अनुन्धानले देखाएको छ। 

पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरुलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो। पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .