नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले भारतद्वारा अतिक्रमित नेपाली भूमिमा जनगणना नगरिएको विषय संसदमा उठाएका छन्।
आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय पुगेको बताउँदै तर लिम्पियाधुरा, कालापानी र लिपुलेमा जनगणना नगरिएको भन्दै प्रश्न उठाएका हुन्।
'नेपालको जनसंख्या सार्वजनिक भइरहँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकको किन गनिएन?', उनले भने, 'हाम्रै देशको भूगोलको जनगणना किन गरिएन? २०१८ मा त्यो क्षेत्रमा गनिएको थियो। यदि यो पटक छुटेको हो भने सम्ब्धित निकायले जानकारी देओस्।'
चैत १२, २०७९, आइतबार
45
Shares
प्रतिक्रिया